Section 45
मनोसामाजिक तथा मनोवैज्ञानिक अध्ययन प्रतिवेदन
(१) कानूनको विवादमा परेका बालबालिका उपर लागेको आरोपको अनुसन्धान, अभियोजन, कारबाही, सुनुवाइ वा किनारा गर्ने प्रयोजनको लागि छुट्टाछुट्टै मनोसामाजिक तथा मनोवैज्ञानिक अध्ययन प्रतिवेदन तयार गरिनेछ।
(२) उपदफा (१) बमोजिमको अध्ययन प्रतिवेदन तयार गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।